कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ।
विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन् ।
नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काले बाढीले ढलेका तीन वटा टावरको विकल्पमा एउटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राती साढे १० बजे लाइन चार्ज गरिएको जानकारी दिए । “नेपाल विद्युत प्राधिकरण र कालीग्ण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाका प्राबिधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पु¥याएको २० दिनमै मर्मत गरेर विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सफल भएका हौ,” उनले भने, “यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत खपत हुने वातावरण बनेको छ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
Next Article भारतमा ट्रक दुर्घटना, १२ जनाको मृत्यु


