चीनसँगको सिमानामा रहेको तातोपानी नाका आजदेखि कात्तिक ३ गतेसम्म खुला रहने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मालवाहक सवारीसाधनलाई मात्र नाका प्रयोग गर्न अनुमति दिएको जनाएको छ । मन्त्री दीपक कुमार साहका अनुसार नेपालले गरेको अनुरोधपछि चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्न सहमति जनाएको हो । चाडपर्वमा आपूर्ति सहज हुने मन्त्रालयको अपेक्षा छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


