सुनकोशी नदीमा जिप खस्दा तीनजनाको मृत्यु भएको छ ।सिन्धुली जिल्ला फिक्कल गाउँपालिका-६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेका छन्। आज आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो।
घटनास्थलमा तीन महिलाको शव फेला परेको थियो। दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि.मा पठाइएको थियो। चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआज महाअष्टमी पर्व मनाइँदै
Next Article विद्यार्थी आन्दोलनले फ्रान्स अशान्त: १२ सय पक्राउ


