काठमाडौं, सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् ।
त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन थालेको छ । गाउँमा उत्पादित दूधको खपत कम भएपछि स्थानीय किसानले सहकारीमार्फत दूध सङ्कलन गरी पोखरास्थित डेरी उद्योगमा बिक्री गर्दै आएका छन् । जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले ३५ जना किसानबाट दैनिक करिब २३० लिटर दूध सङ्कलन गरी पोखरास्थित सुजल डेरीमा पठाउँदै आएको छ । विसं २०७६ मा स्थापना भएको सहकारीले दूधको बजारीकरण गर्दै किसानलाई पशुपालनमा निरन्तरता दिन सहयोग पु¥याएको छ ।
सहकारीका व्यवस्थापक कृष्णप्रसाद आचार्यका अनुसार ३५ जना शेयर सदस्य किसानबाट दैनिक दूध सङ्कलन गरेर पोखरा पठाउने गरिएको छ । दूधको गुणस्तर र ‘फ्याट’का आधारमा किसानलाई मासिक भुक्तानी दिने व्यवस्था मिलाइएको उनले बताए । व्यवस्थापक आचार्यका अनुसार “किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुन्छ । चिलिङ भ्याटमा राखिएको दूध २४ घण्टा सुरक्षित रहन्छ । ” स्थानीय बजारमा दूध प्रतिलिटर रु ११० सम्म बिक्री हुने गरे पनि पोखरा पठाउँदा औसतमा प्रतिलिटर रु ७० मात्रै पाउँने आचार्यले बताए ।
दूध गाउँमै पर्याप्त खपत नहुने र चाडपर्वका समयमा मात्रै माग बढ्ने भएपछि सहकारीले दूधको सङ्कलन तथा बजारीकरणको व्यवस्था मिलाएको हो । यसअघि बजारको अभावमा किसानलाई उत्पादित दूध बिक्री गर्न समस्या हुने गरेको थियो । बजारको सुनिश्चितता भए पनि ढुवानी तथा बिक्री मूल्यका कारण किसानले स्थानीय बजारको तुलनामा कम मूल्य पाउने गरेको उहाँको भनाइ छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special