सुनसरी, गृहमन्त्री सुधन गुरुङले नेताहरू जनताको सेवक भएर काम गर्नुपर्ने बताएका छन्।
इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका नेताहरू जनताप्रति उत्तरदायी हुनुपर्ने बताए।
उनले जनताको सम्मान गर्न नसक्ने व्यक्तिले फेरि निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहेको उल्लेख गर्दै पार्टी र झन्डाभन्दा देश माथि रहेको बताए। सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special