राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणका लागि आइतबार प्रस्थान गर्दै छन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव अवसरमा जापान सरकारको निमन्त्रणामा भ्रमण हुन लागेको हो। भ्रमणका क्रममा राष्ट्रपति पौडेलले सम्राट् नारुहितो र प्रधानमन्त्री ताकाइची सानेसँग भेटवार्ता, विशेष समारोह सहभागिता तथा व्यापारिक समुदायसँग संवाद गर्ने कार्यक्रम रहेको छ। उनी माघ २१ गते स्वदेश फर्कनेछन्। पत्नी सविता पौडेलसहित उच्चपदस्थ अधिकारी भ्रमणमा सहभागी हुनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाल वायुसेवा निगमका महाप्रबन्धक छनोट प्रक्रिया रोकियो
Next Article सुनको मूल्य एकैदिन साढे २० हजारले घट्यो

