रसुवाको भोटेकोसीमा आएको बाढीमा सात जनाको मृत्यु भएको छ। बुधबार मध्याह्नसम्म नुवाकोटको नदी किनारमा तीन र धादिङमा चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित तथा पहाडतर्फ भागेकाहरूको उद्धार गरी धुन्चे लगिँदैछ। घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि धुन्चे अस्पताल पुर्याइएको छ भने आवश्यक परे काठमाडौँ लैजाने तयारी गरिएको छ। हराइरहेकाहरूको खोजीकार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रसुवाको भोटेकोसी बाढीमा कम्तिमा ७ जनाको मृत्यु, उद्धार जारी
Previous Articleबाराकी बालिका हत्या प्रकरणमा सांसदहरूको सरकारलाई कडा प्रश्न
Next Article रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन


