विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले १५ सदस्यीय ड्रोन विशेषज्ञ टोली नेपाल पठाउने भएको छ। फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्य रहेको टोलीले अत्याधुनिक ड्रोनमार्फत नक्साङ्कन र इमेजिङ गर्नेछ। नेपाल सरकारको औपचारिक अनुरोधपछि अस्ट्रेलियाले टोली पठाउन लागेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


