विपिन आचार्यले भदौ २४ को आन्दोलनलाई विध्वंस भन्दै सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएकोप्रति प्रश्न उठाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले भदौ २४ को आन्दोलनलाई ‘विध्वंस’को संज्ञा दिएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निजी क्षेत्रले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिसके पनि सिंहदरबार, गृह मन्त्रालय र संसद् भवनको पुनर्निर्माण अझै सुस्त रहेको बताए। सरकारी संरचनाकै पुनर्निर्माण गति कमजोर हुँदा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माणप्रति कसरी विश्वास गर्ने भन्दै उनले प्रश्न उठाए।


