दसैँ, तिहार र छठका बेला अनलाइन ठगीको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। इकाइले ओटीपी, पासवर्ड र डिजिटल वालेटको पिन अरूलाई नदिन तथा नक्कली उपहार र छुटका शङ्कास्पद लिंक नखोल्न सुझाव दिएको छ। ठगीमा परेको शङ्का लागे तत्काल बैंक वा वालेट प्रदायक र प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


