भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले दोस्रो चरणको आपतकालीन मानवीय सहायता पठाउने भएको छ। राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट र पानी शुद्धीकरण उपकरण छन्। बेपत्ता तथा मृतकको पहिचानका लागि चीनले डीएनए विशेषज्ञसमेत नेपाल पठाउने जनाएको छ। यसअघि चीनले ५० टन राहत सामग्री र २० लाख अमेरिकी डलर सहयोग गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


