कांग्रेसले सभापतिको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोक्दै प्रस्तावक र समर्थकको संख्या पनि निर्धारण गरेको छ।
नेपाली कांग्रेसले सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क तोकेको छ। मंगलबार जारी निर्वाचन निर्देशिका, २०८३ अनुसार सभापतिका लागि १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्री २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। प्रदेशदेखि वडा तहसम्म पनि उम्मेदवारी शुल्क निर्धारण गरिएको छ।


