नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी अझै फुटेको छैन भनी स्पष्ट पारेका छन्। भृकुटीमण्डप विशेष महाधिवेशनको क्रममा पार्टी एक रहेको र जे निर्णय हुन्छ, त्यसलाई संविधानअनुसार अघि बढाइने उनले बताए। देउवाको नेतृत्वमा रहेको समिति भंग भइसकेको र नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ । कार्यकर्तालाई शान्तिपूर्ण रहन र पार्टी चिन्ह वा झण्डाबारे चिन्ता नगर्न समेत थापाले अनुरोध गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


