अमरेश सिंहले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार र सचिवालय हावी भएको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयले चलाइरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा उनले संवैधानिक व्यवस्थाविपरीत ‘सल्लाहकारको शासन’ चलिरहेको दाबी गरे। सिंहले कर्मचारी तथा सुरक्षा निकायमाथि दबाब दिने, न्यायालय र सञ्चारकर्मीलाई धम्की दिने तथा समावेशिताको सिद्धान्त उल्लंघन गर्ने गरेको आरोप लगाउँदै सरकार संसद् र जनप्रतिनिधिप्रति उत्तरदायी हुनुपर्ने बताए।


