राष्ट्रिय सभाबारे विवादित अभिव्यक्ति दिएको भन्दै कानूनमन्त्री सोविता गौतमले संसद्मा माफी मागेकी छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा स्पष्टीकरण दिँदै उनले आफूले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गरेको नभनेको जिकिर गरिन्। जेनजी स्मृति दिवसमा रास्वपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नभएकाले कानून निर्माणमा समस्या भइरहेको उनको अभिव्यक्तिको संसदीय समितिसहित सभामा आलोचना भएको थियो।


