राष्ट्रिय सभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। प्रस्तावमार्फत बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै प्रभावितको उद्धार, राहत, घाइतेको निःशुल्क उपचार र वैज्ञानिक शव व्यवस्थापनलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


