भोटेकोसी बाढीबाट प्रभावित नेपालको पुनःस्थापना तथा पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्बन्धी संरचनाअन्तर्गतको हानी तथा नोक्सानी सम्बोधन कोषले २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव तयार गरेको छ। प्रस्तावमाथि निर्णय गर्न कोषले अक्टोबर २२ मा विशेष बैठक बोलाएको छ। विपद् निगरानी तथा व्यवस्थापनका लागि थप १६ लाख डलरसहित कुल २ करोड १६ लाख डलर छुट्याउने प्रस्ताव छ। बाढीबाट चार जिल्लामा करिब ७९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


