दसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका घर तथा दसैँघरमा फूलपाती भित्र्याइएको छ। उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्रलगायत नौ प्रकारका वनस्पति नवदुर्गाको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। गोरखाबाट ल्याइएको फूलपाती बाजागाजा र सांस्कृतिक झाँकीसहित हनुमानढोका दरबारको दसैँघरमा भित्र्याइएको छ। दसैँको चहलपहल बढेसँगै घर फर्कने यात्रु र बजारमा किनमेल गर्नेको भीड पनि बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


