२०८२ फाल्गुण १०
अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्यले मात्र नभई उम्मेदवारहरूले पनि ठूलो धनराशी खर्च गरिसकेको र यसतर्फ सबैको ध्यानाकर्षण गरिनुपर्ने बताए।
२०८२ फाल्गुण ८
प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री सुशीला कार्कीको असंवैधानिक नियुक्ति रद्ध गर्न रिट दायर भए पनि सर्वोच्चले अझै सुनुवाइका लागि पेसी तोकेको छैन।
रास्वपाले आफ्ना कार्यकर्ता संलग्न नभएको दाबी गर्दै केही घुसपैठ र अवाञ्छित तत्वले भ्रम फैलाएको आरोप लगाएको छ।
२०८२ फाल्गुण ७
स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन् भने जनार्दन ढकाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) रसुवाका पूर्वजिल्ला अध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य हुन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामार्फत राष्ट्रिय स्वतन्त्र पार्टी ले देश रूपान्तरणका लागि सय आधारसहित आफ्नो चुनावी घोषणापत्रलाई ‘वाचापत्र’का रूपमा सार्वजनिक गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै तुरुन्त ११ वटा महत्वपूर्ण काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
२०८२ फाल्गुण ६
कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मबोधसहित नेपाललाई संसारकै उत्कृष्ट देश बनाउने भावना, स्पष्ट कार्ययोजना र आधारसहित प्रतिज्ञापत्र प्रस्तुत गरेको छ।
पूर्वराजा शाहले भने, मुलुक अहिले अस्थिर र संकटग्रस्त छ र विगतका सबै आन्दोलन र परिवर्तनहरूले नेपाल र नेपालीलाई के दिएको भन्ने आत्मसमीक्षा आवश्यक भएको छ।
वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक जिम्मेवारी रास्वपाले लिने र पार्टीले विपन्न नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्रमुख एजेन्डा बनाएको बताए।
लामिछानेले अब नेताले गरेको वाचा पूरा नहुँदा त्यसको परिणाम जनताले भोग्ने परम्परा अन्त्य भएको र यसरी भोट दिने–सजाय भोग्ने क्रम दोहोरिन नहुने बताएका छन्।