नेपाललाई चीनले थप आपतकालीन सहायता, ड्रोन र डीएनए उपकरण पठाउँदै
२०८३ भाद्र १६

चीनले बाढी प्रभावित नेपाललाई थप राहत सामग्री, डीएनए विशेषज्ञ र प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले दोस्रो चरणको आपतकालीन मानवीय सहायता पठाउने भएको छ। राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट र पानी शुद्धीकरण उपकरण छन्। बेपत्ता तथा मृतकको पहिचानका लागि चीनले डीएनए विशेषज्ञसमेत नेपाल पठाउने जनाएको छ। यसअघि चीनले ५० टन राहत सामग्री र २० लाख अमेरिकी डलर सहयोग गरेको थियो।
Tags:
#छोटोखबर #नेपाल #चीन #भोटेकोशीबाढी #राहत #मानवीयसहायता #उद्धार #डीएनए #विपद् #चिनियाँसहयोग #नेपालचीनसम्बन्ध
प्रतिक्रिया
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्



