Choto Khabar Logo

काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ जनाको मात्र पहिचान

२०८३ भाद्र १६
काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ जनाको मात्र पहिचान
काठमाडौँ ल्याइएका विपद् प्रभावित ११४ शवमध्ये हालसम्म १३ जनाको मात्र पहिचान खुलेको छ।
विपद् प्रभावित रसुवा, नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ जनाको मात्र पहिचान खुलेको छ। तीमध्ये १२ शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् भने एक शव बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ। पहिचान नखुलेका ४६ शवको डीएनए नमुना, फिंगरप्रिन्ट र फोटो लिएर गोकर्णको जङ्गलमा सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको छ।

Tags:

#छोटोखबर #विपद् #भोटेकोशीबाढी #शवपहिचान #डीएनए #काठमाडौँ #रसुवा #नुवाकोट #धादिङ #नेपालसमाचार

प्रतिक्रिया

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

    सम्बन्धित लेखहरू