अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् । रुसबाट इन्धन आयात गर्ने भारतलगायतका देशबाट अमेरिकामा आयात हुने वस्तुमा सम्भावित थप शुल्कबारे निर्णय गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ६० दिनको समय लिएका बेला हुन लागेको यस भ्रमणमा ऊर्जा, व्यापार, लगानी र रणनीतिक साझेदारी प्रमुख विषय रहनेछन् ।
रुबियोले भारतलाई अमेरिकाको महत्त्वपूर्ण सहयोगी बताउँदै तत्कालै रुसी इन्धनमाथिको निर्भरता अन्त्य गर्न भारतलाई कठिन हुने उल्लेख गरे । रुसी तेल वा ग्यासका ठूला आयातकर्ताबाट अमेरिकामा आयात हुने वस्तुमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउन सक्ने प्रस्तावित कानूनको प्रभाव अध्ययन गर्न राष्ट्रपति ट्रम्पले ६० दिनको समय लिएका हुन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
Previous Articleसवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते


