बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना-राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । गए रातिदेखि प्रसारण लाइनको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पु¥याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो ।
प्रसारण लाइन अवरुद्ध हुँदा दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् प्रणालीमा प्रवाह हुन सकेको थिएन । प्रसारण लाइन पुनः सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, ५ आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा
Previous Articleरुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
Next Article रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक


