सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। बुधबार भएको मतदानमा सहभागी ४६ प्रदेश सभा सदस्यमध्ये ३१ जनाले उनको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका छन्। नेकपाका २० तथा उपसभामुखसहित एमालेका ११ सांसदले भट्टलाई समर्थन गरेका छन्। एमालेको समर्थनमा गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्टले प्रदेश सभाबाट बहुमत प्राप्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


