रसुवा बाढीपछि विभिन्न जिल्लामा खोजीका क्रममा बिहीबार बिहानसम्म १६५ जनाको शव फेला परेको सरकारी तथ्यांकले जनाएको छ। सबैभन्दा धेरै चितवनमा ६५ जनाको शव फेला परेको छ भने धादिङ, नुवाकोट, रसुवा, गोरखा, नवलपरासी र तनहुँमा पनि शव भेटिएका छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य बिहानैदेखि जारी छ। उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारले सर्वदलीय बैठकसमेत सुरु गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


