बडादसैँको सातौँ दिन आज देशभर नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। धार्मिक मान्यताअनुसार कालरात्रि देवीले भय र नकारात्मक शक्तिबाट रक्षा गर्छिन्। यसै दिन दसैँ घर तथा पूजा कोठामा फूलपाती भित्र्याउने परम्परा पनि छ। वैदिक विधिअनुसार अपराह्नमा भित्र्याइने फूलपातीलाई दसैँको महत्त्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ। देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


