भारतले अनुभवी कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि २७औँ राजदूत नियुक्त गरेको छ। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले यसअघि भुटानका लागि राजदूत तथा भारतीय विदेश मन्त्रालयमा नेपाल–भुटान मामिला र आर्थिक सम्बन्धसम्बन्धी जिम्मेवारी सम्हालेका थिए। उनी छिट्टै नेपाल आउने भारतीय विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरी भारत फर्किएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


