आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो। युवराज सम्राले १०५, आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए। नेपालका ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन र दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। नेपाल जिते अंकतालिकामा छैटौँ स्थान सुरक्षित गर्नेछ।
Convert to PDF


