चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्रमा एमबीबीएससहित चिकित्सा शिक्षातर्फ ४१८ सिट थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको २८औँ बैठकले ८४ शिक्षण संस्थाका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। एमबीबीएसमा ११० र नर्सिङतर्फ ३०८ सिट थपिएसँगै एमबीबीएसको कुल सिट संख्या २ हजार ७४५ पुगेको छ। कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पनि यसै वर्षदेखि एमबीबीएस अध्यापनका लागि ५० सिट निर्धारण गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


