सरकारले बाढीपहिरोबाट प्रभावित गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद् बैठकले बागलुङका गल्कोट र ढोरपाटन नगरपालिका, गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ लाई उक्त सूचीमा समेटेको हो। असोज ८ देखि ११ गतेसम्मको वर्षाले प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणका काम छिटो अघि बढाउन निर्णय गरिएको सरकारले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
गोरखा, बागलुङ र धादिङका प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषित
Previous Articleचिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा २ हजार ७४५ पुग्यो
Next Article नेप्से लगातार सातौँ दिन बढ्यो, परिसूचक २६३४ अंकमा


