सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पतालको तोकिएको दूरीभित्र निजी स्वास्थ्य संस्था, फार्मेसी र ल्याबहरू सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ। सरकारी स्वास्थ्य सेवालाई पारदर्शी तथा प्रभावकारी बनाउन र बिरामीहरूलाई अनुचित व्यापारिक प्रभावबाट जोगाउन यो कदम चालिएको हो।
नयाँ नियम लागू भएसँगै मापदण्ड विपरीत सरकारी अस्पताल वरपर सञ्चालित निजी संस्थाहरूलाई हटाइने वा तोकिएको दूरीमा सारिनेछ।


