नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।
उपसभापति खुलातर्फको मतगणनामा भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो विजयी भएका हुन् । आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
उपसभापति समावेशीतर्फको पदमा चौधरीले एक हजार ७४५ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरेका छन्। यसैगरी, फरमुल्लाह मंसुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
Next Article काँग्रेसका नयाँ तीन महामन्त्री: प्रदीप, उदय र डिला


NPL Special
NPL Special
NPL Special
NPL Special