नारायणगढ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामाझ लोकप्रिय र इमानदार शिक्षकलाई राजनीतिमा आउन आह्वान गरेका छन्।
चितवनमा नेपाल शिक्षक सङ्गठनको दशौँ एकता जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले शिक्षकको ज्ञान, अनुभव र क्षमतालाई निर्वाचन, राजनीतिक नियुक्ति र राष्ट्रिय जिम्मेवारीमा उपयोग गर्नुपर्ने बताए। शिक्षकहरूलाई देशको नेतृत्व र नीतिनिर्माणमा समेत योगदान गर्न अवसर दिनुपर्ने उनको भनाइ थियो। आफ्नो शिक्षण जीवन चितवनबाटै सुरु भएको स्मरण गर्दै उनले शिक्षकहरूलाई सामाजिक तथा राष्ट्रिय भूमिकामा अघि बढ्न आग्रह गरे।


NPL Special
NPL Special
NPL Special
NPL Special