नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार मतदाताको मतगणना जारी छ। शनिबार (असोज २४) राति सुरु भएको गणनामा सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् भने उपसभापति र महामन्त्रीको नतिजा पनि आइसकेको छ। सहमहामन्त्री र केन्द्रीय सदस्यको गणना भने जारी छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको संख्या बढी भएकाले गणना ढिलो हुनु स्वाभाविक भएको बताएका छन्। उनका अनुसार अघिल्लो महाधिवेशनमा झन्डै ३ हजार मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक २३ ठाउँमा गणना भइरहेको छ। कटुवालले बुधबारसम्म मतगणना सकिने दाबी गरेका छन्।


