सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपबारे आवश्यक प्रक्रियाअनुसार अनुसन्धान गर्ने जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस्तो बताएका हुन्। एक महिलालाई अश्लील शब्द प्रयोग गरी धम्की दिएको आरोपसहितको अडियो सार्वजनिक भएपछि यसबारे सरकारले चासो नदेखाएको भन्ने दाबीमा सत्यता नरहेको उनले उल्लेख गरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


