सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह–२०८३ सम्पन्न भएको छ। नेपाली सेनाले सैनिक परेड, राइफल तथा तोपबाट बढाइँ, हेलिकप्टरबाट पुष्पवृष्टि र दुर्गा बन्दना प्रस्तुत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले सलामी अर्पण गरेको समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याललगायत विशिष्ट व्यक्तित्व सहभागी थिए। फूलपाती बढाइँ नेपाली धर्म, संस्कृति र परम्परासँग जोडिएको मौलिक कार्यक्रम हो।



