आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा अलआउट भयो। अर्जुन कुमालले ८७ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए। यस हारसँगै नेपाल अंकतालिकाको सातौँ स्थानमा झरेको छ भने क्यानडा छैटौँमा उक्लिएको छ। शीर्ष ६ मा रहन नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


