गोरखा, चुमनुब्री गाउँपालिका वडा नं-१ स्थित साम्दो लार्के बजारपारि पट्टी रहेको रेमुनाङ खोलामा सुख्खा पहिरो खस्दा खोला थुनिएर ठूलो ताल बनेको छ। स्थानीय बासिन्दाका अनुसार पहिरोले खोला थुनिएपछि ठूलो ताल सिर्जना भएको हो।
हाल खोला पहिरोको माथिबाट बहिरहेको भए तापनि बनेको ताल ठूलो भएकाले उक्त अस्थायी बाँध जुनसुकै बेला पनि अचानक फुट्न सक्ने खतरा रहेको स्थानीयले बताएका छन्। यसैबीच, चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, साम्दोस्थित सुरक्षा निकाय (सशस्त्र प्रहरी बल) ले हाल उक्त क्षेत्रको अवस्था सामान्य रहेको बताएको छ। तत्कालका लागि ठूलो संकट नदेखिए पनि अस्थायी बाँध फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो
Next Article राष्ट्रपतिसँग सभामुखको भेटवार्ता



NPL Special
NPL Special