काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
त्यसअवसरमा राष्ट्रपति पौडेलले संसदमा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताएका थिए। संसदमा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका काम कारबाहीका विषयमा समेत चासो राखेका थिए ।
त्यसअवसरमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गरायेज्को उनको निजी सचिवालयले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleगोरखाको साम्दो-लार्के क्षेत्रमा पहिरो, रेमुनाङ खोला थुनियो
Next Article सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध



NPL Special
NPL Special