काठमाडौं, जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका-१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । त्यसमध्ये एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित परिवार छन् ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको सचिवालयको भनाइ छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
Next Article बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा



NPL Special
NPL Special