काठमाडौं, बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिएका छन् । संसद्ले राजीनामा स्वीकृत नगरेकाले उनी पदमै रहेका छन् भने महाभियोग प्रक्रिया अघि बढाइएको छ ।
पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैङ्क नियन्त्रणमा लिएको थियो । त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए । घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन् । यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा
Previous Articleचितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
Next Article ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी



NPL Special
NPL Special