झापा, झापाको मेचीनगर नगरपालिका-५ सिर्जना चोकस्थित एक चिया बगानबाट ठुलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ। नेपाल प्रहरीका अनुसार आज एक चिया बगानबाट ५५७ केजी गाँजा बरामद गरिएको हो। आज बिहान करिब ०७:५० बजेको समयमा स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो। थापा हाल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ।
विशेष सूचनाका आधारमा तत्काल खटिएको प्रहरी टोलीले चिया बगानमा खोजतलास गर्दा लुकाएर राखिएको अवस्थामा १३ पोका गाँजा फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक कुल ५५७ केजी रहेको नेपाल प्रहरीले उल्लेख गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
Next Article सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य



NPL Special
NPL Special