काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।
साइप्रस कम्युनिष्ट पार्टी (एकेल) को स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको निकोसियामा शनिबार आयोजित कार्यक्रममा उनले समकालीन विश्वमा बढ्दो भू-राजनीतिक तनाव, आर्थिक असमानता, जलवायु सङ्कट र अति दक्षिणपन्थी प्रवृत्तिको पुनरुत्थानले लोकतन्त्र, सामाजिक न्याय र अन्तरराष्ट्रिय शान्तिमा चुनौती थपेको बताए ।
उनले अन्तरराष्ट्रिय सम्बन्धमा शक्तिको प्रयोगभन्दा अन्तरराष्ट्रिय कानुन, प्रभुत्वभन्दा सार्वभौमसत्ता, संवाद र छलफललाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । शान्ति शक्तिशाली राष्ट्रको मात्र विशेषाधिकार नभई सबै राष्ट्रको मौलिक अधिकार भएको उनको भनाइ थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो


NPL Special
NPL Special
NPL Special
NPL Special