काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गरेका छन् ।
दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आज शुभकामना दिनुहुँदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका हुन् । उनले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकोस् भनी कामना पनि गरेका छन् ।
“उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस्, ” सभापति लामिछानेको सन्देशमा उल्लेख छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सामाजिक र राष्ट्रिय एकता बलियो होस्: रास्वपाका सभापति लामिछाने
Previous Articleघोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
Next Article यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई


NPL Special
NPL Special
NPL Special
NPL Special