राँझा, बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका-१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन् ।
नेपालगञ्ज-१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको आचार्यले बताए । “हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौँ, अझै पाँच क्विन्टल जति बाँकी होला,” उनले भने, “चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो ।”
यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक सिग्देलले बताए । तिहारअघि नै करिब रु दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’


NPL Special
NPL Special
NPL Special
NPL Special