काठमाडौं, बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ। पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र चितवनको एमआर एन्ड ग्रुपबीच ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँमा ठेक्का सम्झौता भएको छ। सम्झौताअनुसार ४२० मिटर लामो र ११ मिटर चौडा दुई लेनको पुल ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।
पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्दै आएका छन्। बर्खायाममा बबईमा बाढी आउँदा वारपार गर्न झनै कठिन हुने गरेको छ। पुल नहुँदा गुलरिया–४ का बासिन्दा सदरमुकाम पुग्न करिब १० किलोमिटर घुम्नुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयका लागि बबईमा नयाँ पुल बन्ने
Previous Articleदूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा


NPL Special
NPL Special
NPL Special
NPL Special