काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद रु एक करोड ६७ लाख ३३ हजार २३० सहित तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ कोटेश्वर बस्ने भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौँ बत्तीसपुतली बस्ने काठमाडौँ महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१-०२७च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा


NPL Special
NPL Special
NPL Special
NPL Special