काठमाडौं, मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसेमा सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार बुधबार बिहान करिब ८ः३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप हेटौँडा-भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो ।
दुर्घटनामा जिप चालकसहित १० जना घाइते भएका थिए । प्रहरीले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । अस्पताल पुर्याइएका घाइतेमध्ये तीन जनालाई बिहान ९ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अन्य सात जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भीमफेदीमा सुमो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते
Previous Articleपुनहिलबाट देखिएको सूर्योदय


NPL Special
NPL Special
NPL Special
NPL Special