काठमाडौं, नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो तत्काल सम्बोधन गराउन १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी उजुरीको सम्बोधनका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४सै घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ ।
उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा ‘डिजिटल’ भुक्तानीसम्बन्धी ठगीका घटनाबारे जानकारी गराउन तथा उजुरी गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ


NPL Special
NPL Special
NPL Special
NPL Special