धनुषा, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया-सिर्सिया पुल तथा अन्दुपट्टी-कटरैत पुललगायतका क्षेत्रको निरीक्षण गैरका हुन् ।
अनुगमनका क्रममा उनले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको निर्माण अवस्था, प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिएका थिए । उनले लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिए ।
विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउनेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले निर्माणको गुणस्तर र निर्धारित समयसीमामा सम्झौता नगर्न आग्रह गरे ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
Previous Articleसार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन
Next Article कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने


NPL Special
NPL Special
NPL Special
NPL Special